29 आज्ञा


१. तीस दिन सम्म सुतक लाग्ने
२. पांच दिन सम्म महिनावारी बार्ने
३. बिहान सधै नुहाउने
४. चरित्रवान हुने
५. सन्तोष कायम राख्ने,षन्तोकी हुने
६. शुद्दता-पवित्रता कायम राख्ने
७. बिहान-बेलुका सन्ध्या आरति गर्ने
८. साँझा बत्ति संगै आरति गर्दा हरि (भगवान बिष्णुको) भजन बाचन गर्ने
९. सप्रेम हवन (होम) गर्ने
१०. पानि, बोलि बचन, ईन्धन अनि दुधलाई छानेर, सुद्द गरेर प्रयोग गर्ने
११. क्षमा तथा दयावान रहने
१२. चोरी नगर्ने
१३.कसैको निन्दा नगर्ने
१४. झुठ नबोल्ने
१५. बाद-बिबाद नगर्ने
१६. औंशि (अमावास्या ) मा ब्रत बस्ने
१७. भगवान बिष्णुको जप गर्ने
१८. प्राणी प्रति दयाभाव राख्ने
१९. हरियो रुख नकाट्ने
२०. काम, क्रोध, लोभ, मोह लाई नियन्त्रणमा राख्ने
२१. आफ्नो भोजन आफै बनाउने
२२. घरपालुवा पशु तथा जनावरको उचित स्याहार गर्ने
२३. बहरलाई नपुंसक नपार्ने
२४. अमली नहुने
२५. तमाखु (धुम्रपान नगर्ने ) नखाने
२६. भांग नखाने
२७. मासु नखाने ( साकाहारी रहने )
२८. मध्यपान नगर्ने
२९. निलो कपडा (बस्त्र ) नलाउने

Comments